फरार अभियुक्त पक्राउ

इनेप्लिज २०७१ फागुन २० गते ३:१८ मा प्रकाशित

pakraauइटहरी, २० फागुन । जिल्ला अदालत सुनसरीले १० वर्षअघि जीउ मास्ने, बेच्ने तथा डकैती गर्नेलगायतका अपराधमा कारागार चलानको आदेश दिइए पनि फरार रहेका सुनसरी खनारका तीन अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालतका तहसिलदार टेकेन्द्रवीरजङ्ग राणाका अनुसार खनारमा १० वर्षअघि जीउ मास्ने, बेच्ने अभियोगमा आरोपित जिलेविया सरदारलाई १० वर्ष कैद तोकेको भए पनि उनी फरार थिए । सोही अपराधमा अदालतको फैसला कार्यान्वयन विशेष अभियानका क्रममा अदालतको आदेशमा प्रहरीले उनलाई पक्राउ गरेर अदालतमा बुझाएको हो ।

यसैगरी खनारकै शङ्करलाल सरदारलाई पनि डकैती गरेको घटनामा संलग्न भएको अभियोगमा रु एक लाख १२ हजार नगद जरिवाना र छ वर्ष कैद आदेश भएको थियो ।
अर्का गोरे भनिने दिनेश तामाङलाई पनि अदालतले रु २४० र नौ दिन कैद तोकेको थियो । कसुर हेरी अदालतले तोकेको सजाय एवम् नगद जरिवानका लागि उनीहरुलाई नियन्त्रणमा लिई अदालतमा बुझाए मुताविक कारबाहीका लागि हिजो कारागार चलान गरिएको अदालतले बताएको छ ।

सर्वोच्च अदालतले गत कात्तिकदेखि पुराना अभियुक्तको खोजी तथा उनीहरुमाथि अदालतले तोकेको नगदसमेत भुक्तान गराउने अभियानका क्रममा अहिलेसम्म जिल्ला अदालत सुनसरीले कम्तीमा ५७ जनालाई पक्राउ गरेर उनीहरुबाट असुलउपर गर्नुपर्ने रु २७ लाख नगदसमेत असुल गरिसकेको बताएको छ ।

प्रतिक्रिया