कोशी अञ्चल अस्पतालमा औषधिको अभाव हुँदा विपन्नलाई समस्या

इनेप्लिज २०७१ फागुन १९ गते ९:२९ मा प्रकाशित

koshi-anchal-aspatalपथरी (मोरङ), १९ फागुन । औषधि सकिएको नौ महिना पुग्दा पनि विराटनगरको कोशी अञ्चल अस्पतालको मेडिकल स्टोरमा औषधि आयात भएको छैन ।

अस्पतालको स्टोरमा उपचारका लागि स्वास्थ्य केन्द्रमा जाने गरिब तथा विपन्न बिरामीले औषधि नपाएको गुनासो गरेका छन् ।

सरकारले दिने औषधिको सेवा नपाएपछि महँगो मूल्य खर्चिएर औषधि किन्नु परेको विराटनगरको कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै आएका मोरङ उर्लाबारीका पारस पौडेलको भनाइ छ ।

नेपाल सरकारले अस्पताल र स्वास्थ्य केन्द्रहरुमा विभिन्न प्रकारका ७० प्रकारका औषधि उपलब्ध गराउँदै आएको भए पनि विराटनगरको कोशी अञ्चल अस्पतालमा गत जेठ महिनादेखि असहाय कोषमार्फत दिइने औषधि अहिलेसम्म सो अस्पतालको मेडिकल स्टोरमा उपलब्ध भएको छैन । स्टोरमा धेरै प्रकारका औषधिको अभाव रहेको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा रोशन पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया