विद्युत् आपूर्ति नहुँदा एक्स–रे मेसिन चलाउन समस्या
इनेप्लिज
२०७१ फागुन १९ गते ६:२८ मा प्रकाशित
जाजरकोट, १९ फागुन । आवश्यक विद्युत् आपूर्ति नहुँदा जिल्ला अस्पताल जाजरकोटमा एक्स–रे मेसिन सञ्चालन गर्न समस्या हुँदै आएको छ ।
जिल्ला अस्पतालमा प्रयोग हँुदै आएको पुरानो एक्स–रे मेसिनलाई जेनेरेटर र विद्युत्को संयुक्त पावरबाट सञ्चालन गर्दै आएकोमा नयाँ एक्स–रे मेसिन भित्रिएपछि थप सञ्चालनका लागि पावरको समस्या परेको हो ।
नयाँ एक्स–रे मेसिन चलाउन ३२ किलोवाट विद्युत् आवश्यक पर्ने भएकाले सो क्षमता भएको नयाँ जेनेरेटर नहँुदा यो समस्या आएको कर्मचारी सन्तोष बुढामगरले जानकारी दिनुभयो ।
जिल्लामा विद्युत्को पावर नियमित नहुने र अब पानीको मात्रा कम हुदै जाँदा यो समस्या आएको हो ।
एक्स–रे मेसिन नहुँदा यहाँका स्थानीय रुकुमको चौरजहारीमा गएर एक्स–रे गर्न बाध्य थिए ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया