मानवीय कारणले ९९ प्रतिशत वन डढेलो
रत्ननगर (चितवन) १९ फागुन । नेपालमा मानवीय कारण ९९ प्रतिशत वन डढेलो लाग्ने गरिएको छ ।
वन डढेलोसम्बन्धी अध्येता तथा जानकार दुर्गाबहादुर कार्कीले नेपालमा वन डढेलो मानवीय कारणले हुने गरेको दाबी गर्नुभयो ।
एकप्रतिशत मात्रै प्राकृतिक कारणले डढेलो लाग्ने उहाँको दाबी छ । अहिले डढेलो लाग्ने मौसम सुरु हुन लागेकाले उहाँ विभिन्न जिल्लामा प्रशिक्षण अभियानमा लाग्नुभएको छ । वन अधिकृतसमेत रहनुभएका कार्कीले विदेशमा भने प्राकृतिक कारणले ५० प्रतिशत डढेलो लाग्ने गरेको तथ्याङ्क रहेको जानकारी दिनुभयो ।
नेपालको समथल क्षेत्रमा १७ प्रतिशत र पहाडी क्षेत्रमा ८३ प्रतिशत वन रहेकाले डढेलोको उच्च जोखिम पहाडी क्षेत्रको वन रहेको कार्कीको दाबी छ । भिरालो जमिनमा वन डढेलो बढी फैलने भएकाले नियन्त्रणका उपायसमेत सावधानीपूर्वक गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँ विगत देखिनै वन डढेलोसम्बन्धी सुक्ष्मरुपमा अध्ययन गर्दै आउनुभएको छ । नेपालमा डढेलोको कारण र नियन्त्रणका उपाय विषयमा उहाँले पुस्तकसमेत लेख्नुभएको छ ।
सार्वजनिक तथ्याङ्कअनुसार वन्यजन्तु तथा चराचुरुङ्गीको शिकार, जग्गा अतिक्रमण, रिसिइवी, घाँस पलाउने चाहना, मल लाग्ने परम्परा, खोरिया फाँड्न, चोरी तस्करीको दसी लुकाउन मानिसले वन डढेलो लगाउने गरेको पाइएको छ ।
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया