कैलालीमा एकजनामा इन्फ्लुन्जा भाइरस भेटियो

इनेप्लिज २०७१ फागुन १९ गते ६:२० मा प्रकाशित

300px-Kailali_district_locationलम्की (कैलाली), १९ फागुन । कैलालीमा एक महिलामा इन्फ्लुन्जा भाइरस भेटिएको छ ।

सोमबार सेती अञ्चल अस्पतालमा परीक्षणका क्रममा चौमाला गाविस वनबेहडाकी ५१ वर्षीया एक महिलामा इन्फ्लुन्जा बि भाइरस भेटिएको हो ।

ती महिलाको सेती अञ्चल अस्पतालमा स्वाइन फ्लुका लागि अलग्गै छुट्याइएको कोठामा राखेर उपचार भइरहेको जानकारी चिकित्सक सुभेषराज कायस्थले दिनुभयो ।

प्रतिक्रिया