विस्थापितको घर निर्माण
चरिकोट, १९ फागुन । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विस्थापित लामाबगर गाविस–४ का नौ परिवारले घर पाएका छन् ।
स्थानीय आफैँले बनाएको घरलाई आयोजनाले प्राविधिक मूल्याङ्कन गरी रकम भुक्तानी गरेको हो ।
स्थानीय दुई परिवारले पुरानै स्थानमा घर निर्माण गरेका छन् । आयोजनाले आफूलाई चाहिने घरको डिजाइन र निर्माणको जिम्मेवारी समेत स्थानीय आफैँलाई दिएको थियो । आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार सतमाया तामाङको घरको मूल्याङ्कन गरी रु १३ लाख ४७ हजार भुक्तानी गरिसकेको छ ।
अब बाँकी सबै परिवारलाई यही दरमा रकम भुक्तानी गरिने र घरको लागत रकम कम गरी निर्माण गरेमा बाँकी रकम तामाकोसी आयोजनाको अति प्रभावितवासीको ३०० कित्ता सेयरमा हालिदिने न्यौपानेले जानकारी दिनुभयो ।
आयोजनाको लागि सडक निर्माण गर्दा उनीहरूको पुरानो घर भत्केपछि छ वर्षदेखि उनीहरू ओडार र कटेरामा बस्दै आएका थिए ।
आठ वर्षदेखि सडक निर्माणका क्रममा विस्थापितलाई व्यवस्थापन गर्न नसके तापनि अब आउँदो केही महिनामम्म सबैको घरबासको समस्या समाधान हुने आयोजनाका प्रवक्ता न्यौपानेले बताउनुभयो ।
माथिल्लो तामाकोसी आयोजनास्थल गोगरदेखि ड्याम साइड लामाबगरका लागि निर्माणाधीन सडकको छ्योतछ्योतका १६ परिवार तामाङ समुदाय विस्थापित भएका थिए । अरु परिवारले अन्यत्र व्यवस्था गरे तापनि नौ परिवारले अन्यत्र केही व्यवस्था गर्न नसक्दा पीडित हुँदै आएका थिए ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया