धराने नेवारद्वारा रक्तदानमा नयाँ कीर्तिमान
इनेप्लिज
२०७१ फागुन १७ गते १४:२२ मा प्रकाशित
इटहरी, १७ फागुन । नेवार एकता समाज धरानले पूर्वाञ्चलमै पहिलोपटक रक्तदानको नयाँ कीर्तिमान स्थापित गरेको छ ।
समाज सेवामा जोड दिँदै आएको यो समाजले भानुचोकको लोकतान्त्रिक चौतारी नजिक आयोजना गरेको रक्तदान कार्यक्रममा ५५८ जनाले रक्तदान गरेर पूर्वाञ्चलमै नयाँ कीर्तिमान स्थापित गरेको हो ।
पूर्व क्षेत्रीय प्रहरी नायब महानिरीक्षक माधवप्रसाद जोशीको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा सर्वसाधारण मानिसलाई आपत् पर्दा आवश्यक पर्ने रगत निःशुल्क उपलब्ध गराउने पवित्र उद्देश्य राखेर समाजले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज, कोसी अञ्चल अस्पताल तथा अरु एक दर्जनभन्दा बढी निजी सञ्चालनमा रहेका अस्पतालमा आउने बिरामी तथा घाइतेको उपचारमा सघाउने समाजको उद्देश्य रहेको छ ।
जर्जियाकी बिबादस्पद रिपब्लिकनकि मार्जोरी ग्रीनद्वारा बाइडेन बिरूद्ध महाअभियोगको प्रस्ताव दर्ता
अमेरिकी इतिहासमा अस्टिन बने प्रथम अस्वेत रक्षा सचिव तथा पेन्टागनका प्रमुख
ट्रम्म्पलाई दोश्रो महाअभियोगको प्रस्ताव सोमबार पठाउने ,परीक्षण वहस फेब्रुअरी ८ बाट सुरु हुने
डिसीमा बाइडेनको सपथग्रहणको एकदिन पछि भएको गोलीकाण्डमा एक किशोर सहित ३ जनाको मृत्यु
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
प्रतिक्रिया