आइतबार, कार्तिक ९ २०७७
काठमाडौं ०५:३४
वासिङटन डिसी 19:49

लागुऔषध बेच्दाबेच्दै महिला पक्राउ

इनेप्लिज २०७१ फागुन १७ गते ११:०५ मा प्रकाशित

harassment111_f-150x150सुरुङ्गा (झापा), १७ फागुन । लागुऔषध बेचबिखनमा संलग्न एक महिलालाई प्रहरीले आज बिर्तामोडबाट पक्राउ गरेको छ ।

पक्राउ पर्ने बिर्तामोड नगरपालिका–६ निवासी रीतु भनिने गीता दर्जी भट्टराई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय नजिकै ब्राउनसुगर बेच्दै गरेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लागुऔषध किन्न खोज्ने युवक प्रहरीलाई देखेपछि फरार भएको बताइएको छ । उनको खोजीकार्य पनि भइरहेको छ । पक्राउ परेकी भट्टराईले विगत लामो समयदेखि लागुऔषधको कारोबार गर्दै आएको बयान प्रहरीसामु दिएको डिएसपी सञ्जयबहादुर राउतले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया