गङ्गालाल अस्पतालमा दुई सय तुलसीको बिरुवा रोपियो

इनेप्लिज २०७१ फागुन १७ गते ५:५५ मा प्रकाशित

e8322f95273a3a3cdaac52c6f929570aकाठमाडौँ, १७ फागुन । पुडासैनी मैत्री समाज नेपालको सक्रियतामा सहिद गङ्गालाल मुटु रोग अस्पतालको प्राङ्गणमा आज बिहान २०० तुलसीका बिरुवा रोपण गरिएको छ ।

बाग्मती सफाइ अभियानले निरन्तरता पाइरहेको सन्दर्भमा बाग्मती किनारमा झन्डै एक हजार तुलसीका बिरुवा रोपिसकेको र गुह्येश्वरीवरपरका क्षेत्रमा पाँचवटा पार्कको निर्माण गरिसकेको जानकारी समाजका अध्यक्ष उत्तम पुडासैनीले दिनुभयो ।

धार्मिक, सांस्कृतिक तथा जैविक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने तुलसीको बिरुवा रोपणले उपत्यकाको वातावरणलाई केही हदसम्म सकारात्मक दिशातर्फ उन्मुख गराउन मद्दत मिल्ने विश्वास पुडासैनी समाजले लिएको छ ।

प्रतिक्रिया