बाघको छाला र आखेटोपहारमा संलग्न एक भारतीय पनि पक्राउ
भीमदत्तनगर, १७ फागुन । प्रहरी अनुसन्धान टोलीले शनिबार एकाबिहानै बाघको छाला र आखेटोपहारसहित दुई नेपालीलाई पक्राउ गरेको केही घन्टा नबित्दै सोही तस्करीमा संलग्न थप एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुनर्बास नगरपालिका–८ माछापुछे« टोलीका ३१ वर्षीय खड्कबहादुर खड्का र पुनर्बास–१० त्रिभुवनबस्तीका ३२ वर्षीय रामबहादुर रोकायालाई पक्राउ गरेको थियो ।
भारतको सम्पूर्णानगरबाट बाघको छाला र आखेटोपहार पुनर्बास पु¥याएर भाग्दै गरेका भारतीय नागरिक बन्स रानालाई अनुसन्धान टोलीले केही घन्टाभित्रै पक्राउ गर्न सफल भएको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोलीका संयोजक प्रहरी नायब निरीक्षक वीरेन्द्र जोहारीले बताउनुभयो ।
उहाँका अनुसार भारतबाट उक्त सामान ल्याउने तीन अभियुक्त अझै फरार छन् । उनीहरुबाट टोलीले नौ फिल लामो र २१ किलो आखेटोपहार पक्राउ नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार अभियुक्त र बरामद गरिएको छाला र आखेटोपहार थप कारबाहीका लागि जिल्ला वन कार्यालय कञ्चनपुरलाई बुझाउने जनाएको छ ।
उनीहरुलाई राष्ट्रिय निुकञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कारबाही गरिने जिल्ला वन कार्यालयका वन अधिकृत पशुपति कोइरालाले जानकारी दिनुभयो ।
प्रहरीको सोही अनुसन्धान टोलीले केही महिनाअघि पनि कञ्चनपुरको बेलौरी र दोधारा चादँनीबाट बाघको छाला र अखेटोपहारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइसकेको छ ।
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया