नेपाली सेनाद्वारा दगाममा सार्वजनिक शौचालय निर्माण
इनेप्लिज
२०७१ फागुन १७ गते २:०४ मा प्रकाशित
दमौली, १७ फागुन । तनहुँको व्यास–८ चापाघाटस्थित केवलजङ्ग गुल्मका नेपाली सेनाले पर्यटकीयस्थल दगाममा सार्वजनिक शौचालय निर्माण गरेका छन् ।
रु साठी हजार नगद र श्रमदान गरी रु एक लाखको लागतमा सार्वजनिक शौचालय निर्माण गरिएको गुल्मपति सुरेश थापाले बताउनुभयो । शुक्ला गण्डकी नपा–५ स्थित स्थानथोकमा सो शौचालय निर्माण भएपछि कोटभैरवी मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थी र पिकनिकमा आउने आन्तरिक पर्यटकलाई सुविधा पुगेको बताइएको छ ।
यसअघि उक्त ठाउँमा सार्वजनिक शौचालय नहुँदा पर्यटकीय नगरी दगाम भ्रमणमा आउने आन्तरिक एवम् बाह्य पर्यटकले निकै सास्ती खेप्नु परेको थियो । यसैबीच केवलजङ्ग गुल्मले अपाङ्गता भएका व्यक्तिका लागि १५ वटा सेतो छडीसमेत वितरण गरेको छ । विश्व अपाङ्गताका दिवसका बेला दृष्टिविहीनका लागि सेतो छडी वितरण गरिएको गुल्मपति थापाले जानकारी दिनुभयो ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया