एक दाताले मन्दिर निर्माण गर्न २० लाख सहयोग
दमक, १७ फागुन । झापाको कोहबरा–४ स्थित सुखुना महादेवको मन्दिर निर्माण गर्न स्थानीयवासी एक दाताले रु २० लाख रुपैयाँभन्दा बढीको सहयोग गर्ने भएको छ ।
कोहबरा–४ का शङ्कर सङ्ग्रौलाले करिब रु २० लाखको लागतमा महादेवको मन्दिर निर्माण गरिदिन लाग्नुभएको हो । शनिबार एक कार्यक्रमबीच उहाँले मन्दिरको शिलान्यास गर्नुभयो ।
मन्दिर निर्माण समितिका सचिव श्रीचन्द्र श्रेष्ठले मन्दिर निर्माणका लागि सबै भौतिक सामग्री सङ्ग्रौलाले निर्माण गरिदिने प्रतिबद्धता जनाउनुभएको जानकारी दिनुभयो । करिब रु २० लाखको लागतमा निर्माण हुने मन्दिरका लागि आवश्यक पर्ने सबै पूर्वाधार निर्माण गरिदिने दाता सङ्ग्रौलाले जानकारी दिनुभयो ।
कार्यक्रममा उहाँलाई बाजागाजासहित गाउँ परिक्रमा गराइएको थियो । कार्यक्रममा स्थानीयवासी समाजसेवी छत्रपति सुवेदी र रामकुमारी पौडेलले मन्दिर निर्माणका लागि सङ्ग्रौलाले गर्नुभएको योगदानको चर्चा गर्नुभएको थियो ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया