अपाङ्ग नातिनी बलात्कार गर्नेविरुद्ध मुद्दा दर्ता
गोरखाबजार, १६ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका गोरखा भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धविरुद्ध प्रहरीले मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
एकहत्तर वर्षका इन्द्रबहादुर गुरुङले १८ वर्षकी शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत चैत ७ गते बलात्कार गरेका थिए । घटनाबारे ढिला गरी प्रहरीमा उजुरी आएपछि गुरुङलाई पक्राउ गरी आज जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरिएको हो । जिल्ला अदालत गोरखाबाट १० दिनको म्याद लिएर थप अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
श्रीमती मेला गएको मौका छोपेर गुरुङले गोठालो गएकी नातिनीलाई जङ्गलमा बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पीडित पक्षको पारिवारिक स्रोतले दिएको जानकारीअनुसार यसअघि पनि हजुरबुबा पर्ने गुरुङले किशोरीलाई पटक–पटक बलात्कार गरेका थिए ।
यसअघि भएका घटना गाउँमै मिलाइएको थियो । यस पटक पीडितकी आमाले बलात्कार गरिरहेको अवस्थामा देखेपछि घटना बाहिर आएको थियो । गाउँमै घटना मिलाउने प्रयास भए पनि नमिलेपछि पीडित पक्ष प्रहरीकामा आएका हुन् ।
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
ओहायोको बरफिलो तालमा खस्दा किशोरी र उद्धार गर्ने प्रहरी समेतको मृत्यु
अमेरिकाको आर्कन्सको एक घरमा ३ जनाको हत्या ,अपहरित बच्चा सुरक्षित फेला
न्यूयोर्क शहरमा नयाँ प्रजातिको कोरोना भाइरस फेला
प्रतिक्रिया