शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं ०१:४२
वासिङटन डिसी 14:57

सडक दुर्घटनामा प्रहरी जवानको मृत्यु

इनेप्लिज २०७१ चैत १५ गते ३:१० मा प्रकाशित

accidentविराटनगर, १५ चैत । विराटनगरबाट रङ्गेलीतर्फ जाँदै गरेको को११प २३६७ नंको मोटरसाइकल दादबेरिया–३ स्थित भूमिगत नालीमा शनिबार बेलुकी ठोकिँदा मोटरसाइकलमा सवार मोरङ बबियाविर्ता घर भई हाल काँकरभिट्टास्थित भन्सारगार्डमा कार्यरत सशस्त्र प्रहरी जवान २६ वर्षीय पर्वत कार्कीको मृत्यु भएको छ ।

पूर्वक्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १७ वर्षीय सन्तोष कोइराला गम्भीर घाइते भएकाले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया