पूर्वीय दर्शनमा जोड
काठमाडौँ, १५ चैत । विश्वदर्शन अभियान नेपालद्वारा शनिबार आयोजित सत्सङ्ग कार्यक्रममा प्राकृतिक चिकित्सा तथा योगको क्षेत्रमा योगदान पुर्याउनु भएका हरिप्रसाद पोख्रेल ‘मानसाग्नि’लाई सम्मान गरियो ।
सो अवसरमा अभियानका सल्लाहकार प्रा गोविन्दराज भट्टराईले पूर्वीय दर्शन र सभ्यता गौरवपूर्ण भएको र पश्चिमी ठूला विद्वानले पनि यो कुरा स्वीकार गरेको बताउँदै अभियानका यात्रीद्वय नवराज र नारायण भट्टराईले विश्वमा नेपाललाई चिनाउन गरेको प्रयासको प्रशंसा गर्नुभयो ।
सम्मानित व्यक्तित्व पोख्रेलले नेपाल गरिब देश नभई ‘गुरुदेश’ भएको बताउँदै नेपालका गौरवपूर्ण पक्ष विश्वमा चिनाउन यात्रीद्वयलाई शुभकामना दिनुभयो ।
श्रम तथा रोजगार मन्त्रालयका उपसचिव देवराज ढकालले यात्रीद्वय नेपाल दर्शनका क्रममा रुकुममा पुग्दा आफू त्यहीँ प्रजिअ रहँदा भेट भएको बताउँदै उहाँहरुको प्रयासको सराहना गर्नुभयो ।
समारोहमा कामधेनु गाईफार्म, च्याङ्ली, गोरखाका राजेन्द्रप्रसाद पन्तले आफू गाईपालनबाटै देश सेवामा लागेको बताउँदै देश चिनाउने कार्यमा यात्रीद्वयको समर्पणको प्रशंसा गर्नुभयो । कार्यक्रमको सुरुमा विश्व दर्शन योग केन्द्रकी योग शिक्षिका कविता ढुङ्गानाले योगाभ्यास गराउनुभएको थियो ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया