नेजाको नवौं वार्षिक साधारण सभा कोलोराडोमा हुने

इनेप्लिज २०७१ चैत १५ गते १:४१ मा प्रकाशित

neaja 9th agmयस नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नवौं वार्षिक साधारण सभा आगामी मे महिनाको २३ र २४ तारिख कोलोराडोको डेनभर शहरमा सम्पन्न गर्ने निर्णय गरिएको छ | नेजा कार्य समितिको मार्च १६ तारिख सम्पन्न बैठकले कोलोराडोमा साधारण सभा सम्पन्न गर्न कार्यकारी सदस्य शैलेश पोखरेललाई स्थानीय व्यवस्थापनको जिम्मेवारी सुम्पदै यस्तो निर्णय गरेको हो |

नवौं साधारण सभा डेनभर डाउनटाउनस्थित एक होटलमा हुनेछ | यसका लागि स्थानीय संयोजक नेजाका कार्यकारी सदस्य शैलेश पोखरेलले होटल समेत निश्चित गरिसक्नु भएको छ | नेजा आफ्ना सबै सदस्यलाई संस्थाको नवौं वार्षिक साधारण सभामा सहभागी भै दिनु हुन यसै विज्ञप्ति मार्फत अनुरोध गर्दछ | आसन्न साधारण सभामा संस्थाको वार्षिक सांगठनिक र आर्थिक प्रतिवेदन पेश गरिनेछ | यसैगरी संस्थाको विधान सम्बन्धी छलफल र आवश्यक संशोधन पनि यसै साधारण सभा मार्फत गरिनेछ | साधारण सभामा सहभागी हुने सदस्यहरुलाई कोलोराडोका केही पर्यटकीय आकर्षक स्थलहरुको समेत अवलोकन भ्रमण गराइनेछ | साधारण सभा सम्बन्धी विस्तृत कार्यतालिका नेजाले चाडै सार्वजनिक गर्नेछ |

नेजा कार्य समिति संस्थाका सबै सदस्यलाई साधारण सभाका लागि आ आफ्नो समय व्यवस्थापन गरी होटल बुकिङ्गका लागि यथाशक्य चांडो स्थानीय संयोजक कार्यकारी सदस्य शैलेश पोखरेलसंग सम्पर्क गरिदिनु हुन समेत अनुरोध गर्दछ |

नवौं वार्षिक साधारण सभा सम्बन्धी जानकारी :

कार्यक्रम: मे २३ र २४,२०१५ (शनिवार र आइतवार)

स्थान : Ramada Denver Downtown

1150 E Colfax Ave.

Denver, CO 80218

सम्पर्क: शैलेश पोखरेल

स्थानीय संयोजक

फोन: 720 318 1515

इमेल: [email protected]

भोला आचार्य

महासचिव, नेपाल अमेरिका पत्रकार संघ (नेजा)

प्रतिक्रिया