एनआरएन एनसीसी युएसएको निर्देशक /अधिकृत पदको लागि मेरो उम्मेदवारी :शिव राज पौडेल

इनेप्लिज २०७१ चैत १५ गते ०:१७ मा प्रकाशित

shiva_press

 

 

 

 

 

 

 

 

 

 

 

 

आदरणीय अमेरिकाबासी नेपाली दाजुभाइ-दिदीबहिनीहरू,

नमस्कार !

मैले यहाँहरू समक्ष एनआरएन एनसीसी युएसए को आगामी निर्वाचनमा मेरिल्याण्ड च्याप्टर अध्यक्षमा उम्मेदवार हुने इच्छा जाहेर गरेको थिएँ | तर स्थानीय स्तरमा सर्वसम्मत नेतृत्व चयन गर्न भइरहेको प्रयासलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त पदमा उम्मेद्वारी नदिई एनआरएन एनसीसी युएसएको निर्देशक /अधिकृत पदमा मनोनयन पत्र दाखिला गरेको छु |

यो जिम्मेवारी अझ बढी गहन भएको मैले महशुस गरेको छु | आफ्नो जिम्मेवारी पूरा गर्न म सदैव मन, वचन र कर्मले समर्पित रहने प्रतिवद्दता व्यक्त गर्न चाहन्छु |

मैले आफ्नो विद्यार्थी जीवनमा विद्यार्थी संगठनको नेतृत्व सम्हाल्ने अनुभव देखि लिएर एक इन्जिनीयरको रूपमा राष्ट्रसेवक भई काम गर्दा देशको वस्तुस्थितिको सूक्ष्म अध्ययन गर्ने अवसर प्राप्त गरेको छु | यहाँहरूको सहयोगले निर्वाचित भएको खण्डमा म आँफूलाई निम्न लिखित बुँदामा केन्द्रित गर्नेछु |

१. एन आर एन सदस्यहरूलाई परिचय-पत्र उपलब्ध गराउन र परिचय-पत्र बाहकलाई उचित सुविधा उपलब्ध गराउन पहल गर्ने |
२. “एक पटकको नेपाली सधैंको नेपाली” भन्ने आवाजलाई सार्थक निष्कर्षमा लैजाने अभियानमा समर्पित रहने |
३. एन आर एन का श्रोत, साधन र प्रविधिलाई आप्रवासी नेपालीहरूको बृहत्तर प्राविधिक एवं व्यवसायिक हितका लागि उपयोग गर्ने वातावरण सिर्जना गर्न पहल गर्ने |
४. नेपालको विकास प्रयासमा सहयोग गर्न एन आर एन र अमेरिकी लगानीको वातावरण बनाउन सहयोग गर्ने |
५. नेपाली परिचय र संस्कृतिको प्रवर्द्दनका लागि स्थानीय स्तरमा नेपाली समुदायको समुदाय भवन र मठ-मन्दिर निर्माण कार्यमा पहल, सहयोग र प्रोत्साहन गर्ने |

सदा झैं यहाँहरूको साथ, सल्लाह, सुझाव र स्नेहको अपेक्षा गरेको छु |

शिव राज पौडेल

प्रतिक्रिया