बुधबार, मंसिर १७ २०७७
काठमाडौं ०९:४३
वासिङटन डिसी 22:58

गोरखामा किशोरीमाथि बलात्कार आरोपमा एक वृद्ध पक्राउ

इनेप्लिज २०७१ चैत १४ गते १५:२७ मा प्रकाशित

group-raped-of-19-years-teenagerगोरखाबजार, १४ चैत । नाताले आफ्नै नातिनी पर्ने एक किशोरीलाई बलात्कार गरेको आरोपमा गोरखाको भुम्लिचोक गाविस–३ गैरीगाउँका एक वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

श्रीमती मेला गएको मौका छोपेर ७१ वर्षे इन्द्रबहादुर गुरुङले शारीरिक अपाङ्गता भएकी नातिनीलाई गत शनिबार दिउँसो ३ बजे बलात्कार गरेको पारिवारिक स्रोतले जनाएको छ । बाख्रा चराउन जङ्गल गएकी नातिनीलाई गुरुङले बलात्कार गरेको खुलेको हो ।

अघिल्लो हप्ता घटना घटे पनि गाउँमै मिलाउने प्रयास हुँदा घटना बाहिर आएको थिएन । गाउँमा कुरा नमिलेपछि शुक्रबार प्रहरीकहाँ उजुरी आएको थियो । प्रहरीले इन्द्रबहादुरलाई आज पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक अर्जुन चन्द ठकुरीका अनुसार पीडित पक्षले दिएको उजुरीका आधारमा इन्द्रबहादुरलाई पक्राउ गरी जिप्रका ल्याइएको हो । इन्द्रबहादुरलाई आइतबार जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद लिएर अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ ।

प्रतिक्रिया