चिकित्सा शिक्षा क्षेत्रको समस्या समाधान हुनेमा प्रधानमन्त्रीको सचिवालय विश्वस्त
काठमाडौँ, १४ चैत । प्रधानमन्त्रीको स्वकीय सचिवालयले चिकित्सा शिक्षाको क्षेत्रमा देखिएको समस्या छिट्टै समाधान हुने विश्वास गरेको छ ।
प्रधानमन्त्री सुशील कोइरालाका प्रेस संयोजक प्रकाश अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मुलुकको समग्र स्वास्थ्य शिक्षा नीतिको पुनरावलोकन गरी त्यसलाई समयानुकूल बनाउन प्रा केदारभक्त माथेमाको संयोजकत्वमा एक उच्चस्तरीय समिति कार्यरत रहेकाले समितिको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षाका क्षेत्रमा हाल देखिएका समस्या समाधान गर्न सकिने विषयमा सरकार विश्वस्त रहेको उल्लेख गर्नु भएको छ ।
काठमाडौँबाट प्रकाशित हुने एक दैनिक अखबार र केही विद्युतीय सञ्चारमाध्यममा चिकित्सा शिक्षाको सुधारका विषयमा अनशनरत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राडा गोविन्द केसीको अनशनप्रति प्रधानमन्त्री सुशील कोइरालाले गम्भीरतापूर्वक ध्यान दिन नसक्नु भएको आशयका समाचार प्रकाशित भएपछि प्रेस संयोजक अधिकारीले प्रेस विज्ञप्ति प्रकाशित गर्दै यसप्रति सचिवालयको ध्यान गम्भीर रुपमा आकर्षित भएको उल्लेख गर्नुभएको हो ।
विज्ञप्तिमा भनिएको छ–‘त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको शिक्षण अस्पताल, महाराजगन्जमा कार्यरत प्राडा गोविन्द केसीले चिकित्सा शिक्षाको सुधारसहित विभिन्न माग राखेर आरम्भ गर्नुभएको आमरण अनशनप्रति संवेदनशील भएर त्यसको समाधानका लागि शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षामन्त्री, स्वास्थ्यमन्त्री र सरकारका मुख्य सचिव रहेको एक वार्ताटोली गठन गरी टोलीले समस्या समाधान गर्न काम गरिरहेको छ । सरकार समस्याको समाधानमा अग्रसर भइसकेको अवस्थामा परिस्थितिलाई असहज बनाउने गरी समाचार प्रकाशित हुनु अत्यन्तै दुःखद विषय हो ।’
समग्र पक्ष र सन्दर्भलाई विश्लेषण नगरीकन एक पक्षीय ढङ्गले तयार पारिएका समाचारले समस्याको सही समाधान गर्न सहयोग पु¥याउन नसक्ने यथार्थप्रति समस्त सञ्चारकर्मीहरुको ध्यान जानुपर्ने सचिवालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
उत्तर क्यारोलाइनाकी एक महिलाले कोरोना सहायता ऋणबाट गरगहना,हिरा र महङ्गा समान खरिद गर्दा अदालतमा
डिसीकी नगर प्रमुख म्युरिएल बाउजरकी दिदीको कोरोनाको जटिलताबाट निधन,मर्मस्पर्शी वक्तब्य
द्रुतगतिमा गाडी चलाएका टाइगर वुड्सको खुट्टामा फलामे डन्डी राखियो,वुडको स्वास्थ्यमा सुधार
जोन्सन एण्ड जोन्सनको कोभिड-१९ बिरुद्ध एकल खोपले गम्भीर कोरोनाको रोकथाम हुने : एफडिए
टाइगर वुडले द्रुतगतिमा गाडी चलाउदा दुर्घटना हुँदा बालबाल बचे ,दुवै खुट्टामा गम्भीर चोटपटक
प्रतिक्रिया