सत्–मार्ग विचार गोष्ठी हुने
नवलपरासी । सत्–मार्ग अभियान नेपालले नवलपरासीको गैंडाकोट नगरपालीका १३ वेल्डिहा सिख्रौली कैलास सन्यास आश्रममा एक दिने सत्मार्ग विचार गोष्ठीको आयोजना गरेको छ ।
सो विचार गोष्ठीमा विभिन्नक्षेत्रमा ख्यातिप्राप्त गरेका व्यक्तित्त्वहरुबाट विभिन्न शीर्षकमा आफ्नो धारणा राख्नु हुने बताइएको छ । प्राध्यापकहरुको तर्फबाट प्राध्यापक श्री ध्रुव अर्यालय, मातृशक्तिबाट देवी घिमिरे, राजनीतिक क्षेत्रबाट शंकर पाण्डेले आफ्नो वक्तव्य दिनुहुने बताइएको छ । यसै गरी “सतमार्ग अभियान नेपाल र अन्य सामाजिक संगठनहरुसंग सम्बन्ध” विषयमा अभियानका प्रवक्ता
दीपक सुवेदी, राजनीति र नेपालको जलश्रोतको विषयमा अरुण सुवेदीले आफ्नोप्रस्तुति दिनु हुनेछ ।
“नेपालको गौरवशाली इतिहाँस र पश्चिमाहरुले हाम्रो इतिहासमाथि गरेको सुक्ष्म विश्लेषण” को विषयमा चैतन्य कृष्ण महाराजले प्रकाश पार्नुहुने बताइएको छ ।“हाम्रो वैदिक विज्ञान र वर्तमान नेपालको अवस्था तथा सत्मार्ग अभियान नेपालले लिएको बाटो” को बारेमा जनार्दन घिमिरेले विषय प्रस्तुत गर्नु हुनेछ । यसै गरी सत्मागै अभियान नेपालको सांगठानिक प्रस्तुुति अभियानका संगठन महामन्त्री खेमनाथ आचार्यले गर्ने अभियानका नवलपरासी–चितवन संयोजक प्रेम क“डेलले न्यूज टिमलाई जानकारी गराएका छन् ।
गोष्ठी कैलाश सन्यास आश्रमका मठाशिस सोमानन्दजी महाराजको संरक्षकत्वमा हुने बताइएको छ ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया