शुक्रबार, मंसिर १९ २०७७
काठमाडौं १७:४७
वासिङटन डिसी 07:02

चट्याङ लागेर एकको मृत्यु

इनेप्लिज २०७१ चैत १३ गते ४:४४ मा प्रकाशित

thunderstromeमोरङ (पथरी), १३ चैत । चट्याङ लागेर मोरङको थलाहामा आज बिहान एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार थलाहा–१ का १६ वर्षीय जितेन माझीको मृत्यु भएको हो ।

घरबाट खेततर्फ जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएका माझीलाई उपचार गर्न विराटनगर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया