लाखौंको सामान बरामद

इनेप्लिज २०७१ चैत १३ गते ४:३७ मा प्रकाशित

गौशाला, १३ चैत । भारतबाट भन्सार छली ल्याएका लाखौंको सामान आज बिहान महोत्तरी प्रहरीले बरामद गरेको छ ।

महोत्तरीको पश्चिमी सीमापारीका सहर कन्हमाबाट तस्करी गरी जिल्लाको गौशाला नगरपालिका–१० स्थित बाटोमा राखिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गौशालाको टोलीले बरामद गरेको हो ।

करिब रु पाँच लाख ४६ हजार मूल्यका सामान बरामद गरेको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

बरामद गरिएका रेडिमेड कपडा र श्रृङ्गारका सरसामान आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया