विद्युत् लाइनमुनिका रुख काट्न सुरु

इनेप्लिज २०७१ चैत १३ गते ३:२२ मा प्रकाशित

Saint-Rémy-009मेलम्ची, १३ चैत । जिल्लाको बतासे गाविसका स्थानीय बासिन्दाले दुर्घटनाबाट बच्न विद्युत्को मुख्य लाइनमुनि पर्ने हरिया रुखहरू काट्न थालेका छन् ।

नेपाल विद्युत् प्राधिकरणलाई पटकपटक आग्रह गर्दा पनि कुनै चासो नदेखाएपछि विद्युत्को तारलाई छोएका हरिया रुखहरू स्थानीय बासिन्दा आफैँले काट्न थालेका हुन् ।

गाविसको सबै वडामा तारले छोएका हरिया रुखहरू काट्ने क्रम जारी रहेको र अहिलेसम्म वडा नंं १ र २ मा काम सम्पन्न भइसकेको स्थानीय निरबहादुर तामाङले जानकारी दिनुभयो ।

जिल्लामा पछिल्लो दुई वर्षमा विद्युत् दुर्घटनामा परी ३१ जनाको मृत्युपछि उक्त अभियान थालिएको हो । ग्रामीण बस्तीमा विद्युत्का नाङ्गा तारले हरियो रुखलाई छुँदा र काठका पोल कुहिएर भाँच्चिदा यस्ता दुर्घटना हुँदै आएका छन् ।

प्रतिक्रिया