सहयोगीका भरमा प्राथमिक स्वास्थ्य चौकी सञ्चालन

इनेप्लिज २०७१ चैत १३ गते १:४३ मा प्रकाशित

जाजरकोट, १३ चैत । यहाँको एक दुर्गम गाउँको प्राथमिक स्वास्थ्य चौकी कार्यालय सहयोगीको भरमा चलेको छ ।

मेडिकल अधिकृत विभान्त शाह, वरिष्ठ अहेब रामबहादुर रोकाय, स्टाफ नर्स अनिता राना, अहेव जीतबहादुर चौधरीलगायत कुनै पनि कर्मचारी कार्यालयमा नभएकाले कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको हो ।

स्वास्थ्य संस्थामा १२ जनाको दरबन्दी भएपनि अहिले कार्यालय सहयोगी कैशीराम बुढाले मात्र स्वास्थ्य चौकी सञ्चालन गरिरहेका छन् । उहाँ दैनिक आफँै बिरामी जाँच गर्ने र औषधि दिनेदेखि कार्यालय सरसफाइ सबै काम गर्न बाध्य छन् ।

कार्यालय सहयोगीले स्वास्थ्य संस्था चलाउँदा स्थानीय मर्कामा परेका छन् । स्थानीयले तत्काल कर्मचारी स्वास्थ्य संस्थामा आउनुपर्ने माग गरेपनि त्यसको सुनुवाइ नभएको गुनासो गरेका छन् ।

प्रतिक्रिया