चट्याङबाट एकको मृत्यु

इनेप्लिज २०७१ चैत १२ गते ६:३९ मा प्रकाशित

thunderstromeविराटनगर, १२ चैत । ताप्लेजुङको थुकिम्बा–५ मा बुधबार अपराह्न चट्याङमा परी एक जनाको मृत्यु भएको छ र दुई महिला घाइते भएका छन् ।

सोही ठाउँ बस्ने ५२ वर्षीय पूर्णबहादुर सान्दाङ (तामाङ)को मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । सोही घटनामा उहाँकी बहिनी ३५ वर्षीया आइतमाया र २५ वर्षीया भाइबुहारी कमला घाइते भएका छन् ।

उनीहरु बेहोस भएपछि घरमै राखेर उपचार भइरहेको र प्रहरी टोली पनि खटिएको बताइएको छ ।

प्रतिक्रिया