खाद्यान्नको कोटा बढाउन माग
जाजरकोट, १२ चैत । बर्सेनि खाद्यान्न सङ्कट हुने जिल्लाको बारेकोट क्षेत्रका स्थानीयले घाट डिपोमा चामलको कोटा बढाउन माग गरेका छन् ।
सक्ला, रोकायगाउँ, रामीडाँडा र नायकवाडा गाविसका स्थानीयवासीले घाटमा रहेको खाद्य डिपोमा चामलको कोटा बढाउन नेपाल खाद्य संस्थान शाखा प्रमुख धर्मबहादुर बस्नेतलाई आग्रह गरेका हुन् ।
संस्थानका प्रमुख खाद्य सङ्कट रहेको बारेकोट क्षेत्र पुगेको अवसरमा यहाँका स्थानीयले यस्तो माग गरेका हुन् । खाद्य प्रमुख यहाँका दूरदराजमा रहेको खाद्य डिपोमा २५ वर्षपछि पुगेको स्थानीयले बताएका छन् ।
यस डिपोमा वितरण हँुदै आएको वार्षिक आठसय क्विन्टल चामल अपर्याप्त भएको भन्दै जनसङ्ख्याअनुसारको थप खाद्यान्न आपूर्ति हुनुपर्ने माग गरेका हुन् ।
यहाँका स्थानीयले उत्पादन गरेको अन्नले चार महिना पनि खाना नपुग्ने भएका कारण बारेकोटका जनसाधारणले खाद्यान्नको कोटा बढाउन माग गरेका छन् ।
जुम्ला, डोल्पाको सिमानासँग जोडिएको बारेकोट क्षेत्रमा पर्याप्त सिँचाइको सुविधा नहुनु, भीरालो जमिन, अत्याधिक चिसो हुने भएका कारण यहाँका किसानहरूले आयात गरिएको खाद्यान्नमा भर पर्नुपर्ने बाध्यता छ ।
बजारमा पाइने चामल कम गुणस्तरको हुनुका साथै तोकिएको तौल नहुनुले निकै समस्या रहेको नायकवाडका पूर्व गाविस अध्यक्ष नीमबहादुर सिंहले जानकारी दिनुभयो ।
सडक सञ्जालले नछोएको यस बारेकोट क्षेत्रमा सदरमुकाम जान र आउन मात्र चार दिनभन्दा बढी लाग्ने गरेको रामीडाडाँका हरिबहादुर थापाले बताउनुभयो ।
मानिस र खच्चडले बारेकोट क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्री ढुवानी हुने गरेको छ ।
एनआरएनएमा सुवेदीको उम्मेदवारी
एसियन अमेरिकन माथि आक्रमण भएको बिरोधमा न्यूयोर्कमा जुलुस प्रदर्शन
डिसीमा प्रहरीहरुलाई हतियार सहित आक्रमण गर्न आउने आक्रमणकारीलाई गोली प्रहार
अमेरिकाज क्षेत्रका संयोजक त्रिपाठीले प्रमाणित नभएका २०९३ मतदाता सम्बन्धि अन्तिम प्रतिबेदन आइसीसीमा बुझाए
लेडी गागाका हिंसात्मक अपहरणमा परेका दुई कुकुर सकुसल र सुरक्षित रुपमा प्राप्त
प्रतिक्रिया