छोराद्वारा बाबुको हत्या

इनेप्लिज २०७१ चैत १२ गते ४:४२ मा प्रकाशित

hatya-imageबेलौरी (कञ्चनपुर), १२ चैत । कञ्चनपुरका एक युवाले आमालाई पिटेको भन्दै बाबुको हत्या गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका–५ का १७ वर्षिय अर्जुन आचार्यले ४५ वर्षिय बाबु हरिराम आचार्यको छुरा प्रहार गरी गएराति हत्या गरिदिएका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार गएराति घरयासी विवाद भएका बेला हरिरामले आफ्नी श्रीमतीलाई कुटपिट गरेपछि छोराले झोकमा आएर बुबाको हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख युवराज भण्डारीले हत्यारालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । पक्राउ परेका अर्जुनले प्रहरी समक्ष बाबुले मदिरासेवन गरी आमालाई पिटिरहेको अवस्थामा आफूले सम्झाउन खोज्दा नमानेपछि पहिलो चोटी पेटमा छुरा हानेको र दोस्रो पटक घाँटीमै छुरा प्रहार गरेको वयान दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको बेलौरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया