वीरगन्जमा चैते छठ मनाइयो
वीरगन्ज, १२ चैत । सङ्गीत, श्रद्धा र भक्तिको सङ्गम मानिने तराईवासीको महानपर्व चैते छठ आज बिहान उदाउ“दो सूर्यलाई अर्घ दिएर विधिवतरुपमा सम्पन्न भएको छ ।
श्रद्धालु भक्तजनले धार्मिक विधिअनुरुप धुमधामका साथ नदी, पोखरी वा तलाउको किनारमा बुधबार अस्ताउन लागेको र बिहीबार उदाउ“दो सूर्यलाई जल, शुद्ध गहुँको पिठोबाट बनाइएको गुलियो खाद्य पदार्थ, फलफूल तथा मिठाइसहितको प्रसाद अर्पण गरेर छठ पर्व सम्पन्न गरेका छन् ।
यसैक्रममा हिजो सा“झ र आज बिहान बीरगन्जको ऐतिहासिक पोखरी घडिअर्वामा छठ पर्व मनाउन श्रद्धालु भक्तजनको घुइँचो लागेको थियो ।
सूर्य उपसना गरिने यो पर्वमा परिवारको ज्येष्ठ महिला वा बुहारीको नेतृत्वमा चार दिनसम्म मनाइन्छ । छठ पर्वको आरम्भदेखि अन्त्यसम्म गीतको ध्वनि गुञ्जिरहन्छ ।
श्रद्धा, भक्ति र सम्पूर्ण तराईवासीको सा“झा सांस्कृतिक प्रतिबिम्बको पहिचानको रुपमा मनाइने छठ पर्व चैत शुक्ल चतुर्थीदेखि विधिवत सुरु भई चार दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ ।
दसैं जस्तै छठ पर्व वर्षमा दुईपटक मनाइन्छ । कात्तिक र चैत महिनाको शुक्ल पक्षमा मनाइने यो पर्व पारिवारिक सुख, सम्वृद्धि, पुत्र प्राप्ति र मनोकामना पूर्तिका लागि गरिन्छ ।
महाभारतकालमा द्रौपदी र अनुसूयाले पनि छठ माताको ब्रत बसेको धर्मग्रन्थमा उल्लेख छ ।
क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध यौन उत्पीडनमा परेको भन्दै तेश्रो महिलाको आरोप
न्यूयोर्कको अदालतका एक प्रहरीद्वारा शौचालयमा आफै गोली हानी आत्महत्या
अमेरिकाको टेनेसीमा नदीमा आएको बाढीले गाडी भित्र फसेका ५ जनाको सकुसल उद्धार
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
प्रतिक्रिया