डोम समुदायले मनाए चैती छठ

इनेप्लिज २०७१ चैत १२ गते ४:३५ मा प्रकाशित

4-150x150सिरहा, १२ चैत । सिरहाको नगरपालिका–५ स्थित दलित तथा डोम समुदायले चैती छठ पर्व मनाएका छन् । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर चैती छठ सम्पन्न गरेको हो ।

सोमबार सुरु भएको चारदिन यो पर्वमा पहिलो दिन स्नान गरेर खाने, दोस्रो दिन खरना मनाइएको थियो । दिनभरि व्रत बसेर छठका व्रतालु महिला तथा पुरुषहरु साँझमा खरनाको अवसरमा कुल देवताको पूजा गरेका थिए । खरनाको दिनमा गुडको खिर र केरा प्रसादको रुपमा चढाउने गरिन्छ । त्यसको बिहानपल्ट हिजो अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो ।

छठमा केरा, भुसबा, ठकुवा, नारियल, उखु, सहित विभिन्न फलफुल लिएर महिलाहरुले पानीमा उभिएर सूर्यलाई अर्घ दिने गर्छन् । छठ पर्व कात्तिक र चैत महिनाको शुल्क पक्षको षष्टी तिथिमा दुईपटक मनाउने गरिन्छ । पुत्र प्राप्ति, पुत्रको दीर्घायु, कुष्टरोगबाट मुक्तिलगायत सबै प्रकारको मनोबाञ्छित फल प्राप्तिका लागि छठ मनाउने चलन छ ।

यहाँका डोम समुदायले अति फोहर रहेका बलान नदी सफा गरेर छठ मनाएको स्थानीय राजेश रामले जानकारी दिनुभयो । बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएको थियो ।

प्रतिक्रिया