भीमदत्तनगर, १२ चैत । मोटरसाइकलको ठक्करले भीमदत्तनगर नगरपालिका–११ भुजेलाका एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ ।
बुधबार बेलुका गड्डाचौकीबाट महेन्द्रनगरतर्फ आइरहेको म १ प ४४१८ नम्बरको मोटरसाइकलकको ठक्करबाट गम्भीर घाइते भएकी भुजेलाका ८१ वर्षिया वृद्धा शर्मा टमाटाको उपचारका क्रममा राति भारतको खटिमामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट घाइते भएकी टमाटालाई उपचारका लागि महाकाली अञ्चलबाट भारत लगिएको थियो । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया