न्यायाधीश बममाथि गोली प्रहार गर्ने अभियुक्त साउदी अरबबाट पक्राउ

इनेप्लिज २०७१ चैत १२ गते १:३७ मा प्रकाशित

timthumb

काठमाण्डौ चैत्र ११ । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बममाथि गोली प्रहार गर्ने मुख्य अभियुत्त सञ्जय स्माईली मगर साउदी अरबबाट पक्राउ परेका छन् ।
इन्टरपोलले जारी गरेको डिफ्युजन नोटिशका आधारमा मगरलाई साउदी प्रहरीले गए राती पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी हेमन्त मल्ल ठकुरीले बताउभयो । पक्राउ परेका मगरलाई आज नेपाल ल्याउने तयारी गरिएको छ ।
घटनाका मुख्य सुटर भगवान भनिने सञ्जय स्माइली मगर विदेशमा भएकाले प्रहरीले उनीविरुद्ध इन्टरपोलमार्फत डिफ्युजन नोटिश जारी गरेको थियो । स्माइली पहिलो संविधानसभा निर्वाचनमा चुरेभाबर पार्टीका उमेद्धारसमेत बनेका थिए।
२०६९ जेठ १८ गते बगलामुखी मन्दिरको दर्शन गरेर फकिर्ने क्रममा ललितपुरको युएन पार्क नजिकै न्यायाधीश बमको गोली हानी हत्या गरिएको थियो ।
प्रहरीले यसअघि गत पुसमा बमको हत्यामा संलग्न चारजनालाई पक्राउ गरिसकेको छ । पक्राउ चारमध्ये एक चुरे भावर पार्टीका उपाध्यक्ष बाबु थापा थिए ।
बम सम्मिलित इजालसले आफूलाई तीन वर्षसम्म राजनीतिक हिसाबले भूमिकाबिहिन बनाउने फैसला दिएको भन्दै थापाले बदला लिन हत्याको योजना रचेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रहरीले करन चौधरी शिव चौधरी र नबिन भनिने प्रेमराज खड्कालाई पनि पक्राउ गरेको थियो ।

प्रतिक्रिया