बसले ठक्कर दिँदा हवल्दारको मृत्यु
इनेप्लिज
२०७१ चैत ११ गते १४:१९ मा प्रकाशित
विराटनगर, ११ चैत । यात्रुवाहक बसको ठक्करबाट आज दिउँसो मोरङमा एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ भने उहाँकी श्रीमती गम्भीर घाइते भएकी छन् ।
पाँचथरको यासोक–५ घर भई हाल मोरङको टङ्कीसिनुवारीस्थित कङ्कालिनी गणमा कार्यरत ३५ वर्षीय हवल्दार दीपक श्रेष्ठको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कोसी राजमार्गअन्तर्गत टङ्कीसिनुवारी–२मा साइकलमा पत्नीसहित गइरहेका समयमा विराटनगरबाट इटहरीतर्फ गइरहेको मे१ख १००७ नंको बसले ठक्कर दिँदा दुवै घाइते भएका थिए ।
उहाँहरुलाई विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिएकामा दीपकको उपचारको क्रममा मृत्यु भयो भने उहाँकी श्रीमती २४ वर्षीया लीलाको सोही अस्पतालमा उपचार भइरहेको छ । बससहित चालक प्रहरी नियन्त्रणमा छन् ।
गभर्नरहरुले टेक्सस र मिसिसिपीमा मुखावरण नलगाउनु पर्ने घोषणा गरेता पनि ठूला व्यवसायले त्यसको पालना गर्ने
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
‘डिजी पे’ले पायो भुक्तानी सेवा प्रदायकको लाइसेन्स
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
प्रतिक्रिया