खानेपानी योजनाबाट दुईसय ७६ घरधुरी लाभान्वित
बाबियाचौर(म्याग्दी), ११ चैत । जिल्ला विकास समिति अन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई परियोजनामार्फत पछिल्लो एक वर्षयता म्याग्दीमा छवटा खानेपानी योजना निर्माण सम्पन्न भएका छन् ।
फिनल्याड सरकारको सहयोगमा सञ्चालित परियोजनामार्फत अर्मन, भकिम्ली र दरवाङ गाविसमा निर्माण भएका ती आयोजनाबाट २७६ घरपरिवारका एक हजार ५२७ जनसङ्ख्या लाभान्वित भएका छन् ।
परियोजना, जिविस, गाविस र उपभोक्ताको रु एक करोड ६२ लाख २३ हजार ६९० लगानीमा आयोजना निर्माण गरिएको परियोजनाका इञ्जिनियर गम्भीरमान गुरुङले जानकारी दिनुभयो ।
परियोजनाले ९७ लाख लाख ६९ हजार २७७ रुपैयाँ सहयोग गरेको योजनामा उपभोक्ताले ४६ लाख ६९ हजार ८०७ रुपैयाँ बराबरको श्रमदान गरेका छन् ।
सम्बन्धित गाविस, जिविस र उपभोक्ताले नगद सङ्कलन पनि गरेका छन् । अर्मन गाविसमा चार वटा खरसुधार, थातीकुना, ओखरेनी र मुलपानी खानेपानी योजना निर्माण भएको छ भने भकिम्ली गाविस–१ मुसुङमा चिसापानी र दरवाङ गाविस–४ छपालीमा लामेछहरा खानेपानी योजना निर्माण गरिएको छ ।
यसअघि असुरक्षित मुहानबाट ल्याइएको खानेपानीका लागि समेत टाढा–टाढा पुग्ने गरेका स्थानीयवासीलाई टोलटोलमा खानेपानी वितरण गरेपछि राहत मिलेको खरसुधारा खानेपानी योजना किमचौरका अध्यक्ष थमबहादुर बिकले बताउनुभयो ।
एघार गाविसमा लागू भएको परियोजनामार्फत थप तीन वटा खानेपानी योजना निर्माण सुरु भएको परियोजनाका सल्लाहकार भीम मोक्तानले जानकारी दिनुभयो ।
उहाँका अनुसार रुम गाविस–८ मा इग्रेखोला र रुम ३, ४, ५ मा डमासीलेक खानेपानी आयोजना निर्माणमा लागि उपभोक्ता समितिसँग सम्झौता भइसकेको छ भने ओखरबोट १ र २ मा थाप्लेडाँडा भुमेथान खानेपानी आयोजना सम्झौताको तयारीमा छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया