बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १७:४९
वासिङटन डिसी 07:04

गाँजासहित एक पक्राउ

इनेप्लिज २०७१ चैत ११ गते ५:४२ मा प्रकाशित

pakrau-सप्तरी, ११ चैत । इलाका प्रहरी कार्यालय भारदहको टोलीले आज एक जनालाई पाँच केजी गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको २ नं योगिनियाँ गाविस–९ निवासी ३५ वर्षीय देवु राउत रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका राउतलाई भारदह गाविस–२ बाट झोलामा करिब पाँच किलो गाँजा लिएर जाँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको बताइएको छ ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया