क्यान्सर रोगसम्बन्धी निःशुल्क शिविर सम्पन्न

इनेप्लिज २०७१ चैत १० गते ३:१२ मा प्रकाशित

body-disease-cancer31तुलसीपुर (दाङ), १० चैत । अर्बुद रोग सङ्घ दाङको आयोजनामा एकदिने क्यान्सर रोगसम्बन्धी निःशुल्क शिविर यहाँ सम्पन्न भयो ।

राप्ती अञ्चल अस्पताल तुलसीपुरको आयोजनामा गरिएको शिविरमा ७०० ले स्वास्थ्थ परीक्षण गराएको शिविरको नेतृत्व गर्नुभएका भक्तपुरस्थित क्यान्सर रोग अस्पतालका चिकित्सक प्रभु साहले जानकारी दिनुभयो ।

उहाँका अनुसार ३०० महिलाले पाठेघरको मुखमा क्यान्सर भए÷नभएको बारेमा स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये १० मा पाठेघरको मुखमा क्यान्सर भएको आशङ्का गरिएकाले उनीहरुलाई थप स्वास्थ्य परीक्षणका लागि अस्पतालमा बोलाइएको छ ।

त्यस्तै, ३०० महिलाले स्तनमा क्यान्सर भए÷नभएको भन्ने बारेमा स्वास्थ्य परीक्षण गराएको र सय जनाले शरीरका अन्य भागमा क्यान्सर भए÷नभएको भन्नेबारेमा स्वास्थ्य परीक्षण गराएका थिए । तीमध्ये केहीलाई स्तनमा र केही व्यक्तिलाई मुखको क्यान्सरको आशङ्का गरिएको र थप स्वास्थ्य परीक्षण गरिएको छ ।

शिविरमा भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक कृष्टा श्रेष्ठ र डा सुरेश महर्जनले पनि जाँच गर्नुभएको थियो ।

प्रतिक्रिया