आइतबार, मंसिर २१ २०७७
काठमाडौं ०७:१५
वासिङटन डिसी 20:30

कार दुर्घटनामा दुई भारतीयको मृत्यु

इनेप्लिज २०७१ चैत ८ गते १४:३६ मा प्रकाशित

accidentहेटौंडा, ८ चैत । वीरगन्जबाट काठ्माण्डौंतर्फ गइरहेको जेएच १ विजी ७२०७ नम्बरको भारतीय कार हेटौँडा–कुलेखानी सडक खण्डको कुलेखानी–६ सिमखोलाको आज दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक एक महिला र एक पुरुष रहेको र उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पाँच जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । कार सडकबाट करिब २५० फिट तल खसेको थियो ।

प्रतिक्रिया