धनकुटा बजारमा चिस्यान केन्द्र स्थापित

इनेप्लिज २०७१ चैत ८ गते ४:०७ मा प्रकाशित

Dhankuta_district_locationधनकुटा, ८ चैत । सिदुवामा सञ्चालन भइरहेको सगरमाथा चिस्यान केन्द्रले ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले धनकुटा बजारमा समेत चिस्यान केन्द्र स्थापना गरेको छ ।

सिदुवाबाट सेवा दिँदा ग्राहकले गाडी कुरेर बस्नुपर्ने र भनेको समयमा दुग्धजन्य पदार्थ लिनका लागि असहज भएकाले सेवाको गुणस्तर वृद्धि गर्ने उद्देश्यले अर्काे चिस्यान केन्द्र खोलिएको सञ्चालक गणेश पाण्डेले बताउनुभयो ।

धनकुटा बजारमा नै चिस्यान केन्द्र खोलेर दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न थालिएपछि अहिले ग्राहकलाई निकै सहज भएको छ । दूधको गाडी आउने समयमा बाटोमा गाडी कुरेर बस्नुपर्ने समस्यामा रहेका धनकुटाका सर्वसाधारणलाई चोक चोकमा दुग्ध डिपो सञ्चालनमा आएपछि अहिले निकै सहज भएको स्थानीयवासी बताउँछन् ।

सगरमाथा चिस्यान केन्द्रले धनकुटा–६ फोक्लेन्डटापुमा चिस्यान केन्द्र खोलेसँगै बजारका विभिन्न ११ स्थान र हिले बजारमा समेत दुग्ध डिपो सञ्चालनमा ल्याइएको सञ्चालक पाण्डेले बताउनुभयो ।

प्रतिक्रिया