दोधारा–चाँदनीबाट विश्वेश्वरप्रसाद कोइरालाको फोटो प्रदर्शनी सुरु

इनेप्लिज २०७१ चैत ६ गते ११:२० मा प्रकाशित

chu1251869025gभीमदत्तनगर, ६ चैत । जननायक विश्वेश्वरप्रसाद कोइरालाको ऐतिहासिक फोटो प्रदर्शनी कञ्चनपुरको महाकालीपारि दोधारा–चाँदनीबाट सुरु भएको छ ।

देशव्यापी फोटो प्रदर्शनीमा होमिएको अन्तराल मिडियाले पश्चिमको दोधारा–चाँदनी नगरपालिकाको भानु बहुमुखी क्याम्पसमा आजदेखि फोटो प्रदर्शनी सुरु गरेको छ ।

फोटो प्रदर्शनीको उद्घाटन संविधानसभा सदस्य बलदेव बोहराले गर्नुभयो ।
जननेता कोइरालाले देशका लागि पु¥याएको योगदानबारे जनतालाई सम्झाउन फोटो प्रदर्शनी गरिएको हो ।

अन्तराल मिडियाका अध्यक्ष जयनारायण शाहका अनुसार आजदेखि सुरु भएको प्रदर्शनी देशका १०१ स्थानमा आयोजना गरिने छ । अध्यक्ष शाहले दिएको जानकारीअनुसार चैत २१ र २२ गते कोहलपुर र २६ र २७ गते नेपालगन्जमा प्रदर्शनीको तयारी गरिएको छ ।
प्रदर्शनीमा कोइरालाका बाल्यकालदेखि बूढेसकालसम्मका तस्बिर, साहित्य, विशिष्ट भेटघाट, फोटोग्राफीप्रतिको आकर्षणलगायतका विविध पक्ष समेटिएका फोटो राखिएका छन् ।

प्रतिक्रिया