पोखरीमा डुबेर बालकको मृत्यु

इनेप्लिज २०७१ चैत ५ गते १०:४९ मा प्रकाशित

Pondलुम्बिनी (रुपन्देही), ५ चैत । रुपन्देहीमा एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा खेल्ने क्रममा रुपन्देही पटखौली–४ तरैलीका सात वर्षीय रामवचन हरिजनको आज मृत्यु भएको हो ।

आफ्ना दुईजना भाइसँग पोखरीमा खेल्ने क्रममा बालकको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय धकधईका इन्चार्ज प्रहरी नायब निरीक्षक पूर्णबहादुर मल्लले बताउनुभयो ।

बालकको शव परीक्षणका लागि भैरहवास्थित भीम अस्पताल पठाइएको इन्चार्ज मल्लले जानकारी दिनुभयो ।

प्रतिक्रिया