दल्ली परीक्षा केन्द्रमा बच्चा जन्मियो

इनेप्लिज २०७१ चैत ५ गते ८:५८ मा प्रकाशित

जाजरकोट, ५ चैत । जाजरकोटको एक एसएलसी परीक्षा केन्द्रमा बच्चा जन्मिएको छ । दल्ली परीक्षा केन्द्रमा परीक्षा दिने क्रममा बच्चा जन्मिएको छ ।

जुनी बाल संरक्षण मावि लहँ सिर्केकी आंशिकतर्फकी छात्रा पवित्रा सिंहले बच्चा जन्माएकी हुन् । परीक्षा सकिन आधा घन्टा बाँकी रहँदा उनलाई सुत्केरी बेथा लागे पनि तुरुन्त नजिक अस्पताल पुर्‍याएको थियो । अस्पताल पुर्‍याएको १० मिनेटभित्र बच्चाको जन्म भएको प्रहरीले बताएको छ । सिंहले छोराको जन्म दिएकी छिन् ।

प्रतिक्रिया