चार अपहरणकारी पक्राउ
गौशाला, ५ चैत । परिकौली फुल्हट्टा गाविस– ५ बस्ने २३ वर्षीय रामउद्गार यादवलाई अपहरण गरी लैजाँदै गरेका चार अपहरणकारीलाई बुधबार साँझ महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्तमा महोत्तरी नैन्ही गाविस– ४ का २२ वर्षीय वृजेशकुमार झा, २२ वर्षीय रोशनकुमार ठाकुर, सोही गाविस– ५ का २३ वर्षीय नवीनकुमार मण्डल र २३ वर्षीय अमरेश पाण्डेय रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
महोत्तरीको मूल भन्सार कार्यालय भिट्ठामोड हुँदै भारत जान लागेको अवस्थामा छ जनाको समूहमा आएका अपहरणकारीले यादवलाई दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएर लछारपछार गर्दै २०० मि पश्चिम वनको बाटो हुँदै कुटपिट गर्दै लैजाँदै गरेका थिए ।
पीडितको गुहार र स्थानीयवासीको होहल्लापछि प्रहरी चौकी भिट्ठामोडबाट प्रहरी नायब निरीक्षक पृथी खत्रीको नेतृत्वमा गएको प्रहरी टोलीले पीडित युवकलाई उद्धार गर्दै अपहरणकारीमध्ये चार युवकलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सौरभ राणाले बताउनुभयो ।
नैन्ही– ५ बस्ने २२ वर्षीय अभियुक्त दीपक पाण्डेय र छोटु भनिने १८ वर्षीय शम्भु ठाकुर प्रहरीलाई छकाउँदै फरार भएका छन् । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याई आवश्यक अनुसन्धान भरहेको बताइएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया