बेपत्ता बालक भारतमा
सुरुङ्गा (झापा), ४ चैत । दक्षिणी झापाको चकचकीबाट सोमबारदेखि बेपत्ता भएका छ बालक भारतमा भेटिएका छन् ।
हराएकामध्ये तीन बालक झापाको पुरानो सदरमुकाम झापा बजारबाट झन्डै ५० किमि दक्षिणमा पर्ने भारतको बहादुरगन्ज बजारमा आज भेटिएको इलाका प्रहरी कार्यालय कुमरखोदका प्रमुख हर्क लुवागुनले जानकारी दिनुभयो ।
भेटिनेका चकचकी–४ का १६ वर्षीय सुरज हस्दा, १३ वर्षीय भोला शर्मा र १४ वर्षीय नवीन पाठक छन् । बालक एकाएक बेपत्ता भएपछि उनीहरुका अभिभावकले खोजीका लागि मङ्गलबार बिहानै प्रहरीलाई खबर गरेका थिए ।
उनीहरुसँगै हराइरहेका अन्य तीन बालकलाई भने मङ्गलबार साँझ नै प्रहरीले भारतको दीघल बैंकमा फेला पारेर अभिभावकको जिम्मा लगाएको प्रहरी चौकी चकचकीका प्रमुख जगदीशप्रसाद महेताले जानकारी दिनुभयो ।
उनीहरु चकचकी–२ मा रहेको शिवालय मन्दिरमा सोमबारदेखि सुरु भएको साताव्यापी पुराणको कलशयात्राबाटै हराएका थिए
टेक्ससका उदियमान र्याप कलाकारको जर्जियाको राजमार्गमा गोलीवारीमा मृत्यु
डिसीका १३ बर्षिय किशोरलाई जबर्जस्ती अर्काको गाडी लुट्ने पाइएकोमा पक्राउ
महिला हिंसा,समस्या र चुनौतीको मात्र कुरा हैन,समाधानको बाटोहरु खोजौ
बाइडेनको १.९ खर्ब डलरको कोरोना राहत सिनेटद्वारा पारित
रक्तदानलाई एनआरएन अभियानसँग जोड्ने मेरो सपना छ : प्रेम श्रेष्ठ
प्रतिक्रिया