बागलुङका सबै परीक्षा केन्द्र ‘छात्रामैत्री’
बागलुङ, ३ चैत । यही चैत ५ गतेदेखि सुरु हुने प्रवेशिका परीक्षा केन्द्रहरु ‘छात्रामैत्री’ बनाइने भएको छ । यसका लागि जिल्लाका सबै परीक्षा केन्द्रमा छात्रामैत्री शौचालय, ‘सेनेटरी प्याड’ र प्राथमिक उपचारको व्यवस्था गरिने भएको हो ।
महिनावारी भएका र हुनसक्ने छात्राको सहजताका लागि परीक्षा केन्द्रका छात्रा शौचालयमा ‘सेनेटरी प्याड’को व्यवस्था गर्न लागिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । सबै परीक्षा केन्द्रका केन्द्राध्यक्षलाई बालमैत्री व्यवहार गर्न, प्राथमिक उपचार र छात्राका लागि ‘सेनेटरी प्याड’ को व्यवस्थापन गर्न निर्देशन दिइएको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताउनुभयो ।
यसअघि यस्ता व्यवस्थाहरु नहुँदा छात्रा परीक्षार्थीले समस्या झेल्दै आएका थिए । परीक्षा केन्द्रमा ‘सेनेटरी प्याड’ व्यवस्था गर्नुपर्ने माग विभिन्न सामाजिक सङ्घसंस्था र अधिकारकर्मीले राख्दै आएका थिए । यसैगरी, प्रवेशिका परीक्षाको सबै तयारी पूरा भएको शिक्षा कार्यालयले जनाएको छ । यो वर्षको प्रवेशिका परीक्षामा बागलुङबाट नियमिततर्फ पाँच हजार १२१ र एक्जाम्टेडतर्फ दुई हजार २१२ गरी सात हजार ३३३ परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाभर गरी ३० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यस्तै, जनताधन उच्च माध्यमिक विद्यालयका एक दृष्टिविहीन विद्यार्थीले प्रवेशिका परीक्षा दिने जनाइएको छ । परीक्षा सञ्चालनका लागि ३० केन्द्राध्यक्ष, ३२ सहायक केन्द्राध्यक्ष, २९५ निरीक्षक, ९६ सहयागी कर्मचारी र करिब ३०० सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया