घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम अनलाइनबाटै
इलाम, २ चैत । तीन नगरपालिका र २२ गाविसबाट व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा कार्यक्रम कम्प्युटर अनलाइनबाट सुरु भएको छ ।
व्यक्तिगत घटना दर्ताअन्तर्गत जन्म, मृत्यु, विवाह, बसाइँसराइलगायत प्रमाणपत्र अब कम्प्युटरबाटै प्रदान गरिन्छ । त्यस्तै सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण कम्प्युटर अनलाइनबाट जिविस हुँदै मन्त्रालयमा सहजै हेर्न सकिने र यसले पारदर्शितासमेत कायम गर्ने जिविस इलामका पञ्जीकरण शाखाका नायबसुब्बा रवीन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
माइमझुवा, श्रीअन्तु, समालबुङ, गोदक, शान्तिपुर, लुम्दे, पुवामझुवा, चमैता, बरबोटेलगायत गाविस तथा इलाम, सूर्याेदय र देउमाई नगरपालिकामा कम्प्युटर अनलाइन सुरु गरिएको हो । यसै चालु आवभित्र बाँकी २१ गाविसमा पनि कम्प्युटर अनलाइन सुरु गरिने जिविसले जनाएको छ । अनलाइन सञ्चालनका लागि इन्टरनेट जडान गर्नुपर्ने भएकाले नेपाल टेलिकमसँग छलफल भइरहेको समेत नासु श्रेष्ठले बताउनुभयो ।
एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरिएको यो कार्यक्रम इलामसहित झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, पाल्पा, दाङ, रुपन्देही, मुस्ताङ र कैलालीमा लागू भएको छ । कार्यक्रम लागू भएका जिल्लाका प्रत्येक गाविस, नगरपालिकालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय पञ्जीकरण विभागले सफ्टवेयरसहितको कम्प्युटर, प्रिन्टर र युपिएस निःशुल्क उपलब्ध गराएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया