लम्जुङमा गाडी दुर्घटना: एकको मृत्यु, छ गम्भीर घाइते
काठमाडौँ, १ चैत । लम्जुङको बाहुनडाँडा गाविस–८ मा आइतबार बिहान एक निजी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य छ जना गम्भीर घाइते भएका छन् ।
लम्जुङको टाक्रिङबाट बाहुनडाँडातर्फ जाँदै गरेको जुनोसिस कन्सल्टेन्सीको बा २ च ७४३३ नम्बरको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लम्जुङले जनाएको छ । मृत्यु हुनेमा काठमाडौँका अन्दाजी ३५ वर्षीय रवीन्द्र श्रेष्ठ रहेको जिप्रकाका प्रहरी नायव उपरीक्षक पवनकुमार गिरीले बताउनुभयो ।
घाइते हुनेहरुमा काठमाडौँका विनोद खड्का, वीरेन्द्र वानिया, नितेश श्रेष्ठ र ध्रुव मानन्धर तथा सिन्धुपाल्चोकका प्रकाश माझी र चितवन कुरिनटारका हीराबहादुर मगर रहेको प्रहरीले जनाएको छ । घाइते छ जनालाई उपचारका लागि हेलिकप्टरमा काठमाडौँ ल्याइएको छ । सोही विमानमा राखी मृतकको शव आइतबार नै काठमाडौँ ल्याइएको बताइएको छ ।
प्रहरी नायव उपरीक्षक गिरीका अनुसार गाडी सडकबाट एक सय मिटर तल खसेको थियो । अघिल्लो दिन पानी परेका कारण उक्त सडकखण्ड चिप्लो भई गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
फ़ाइजरको तेश्रो खोप १२ महिना भित्र लगाउनु पर्ने संभाव्यता : प्रमुख कार्यकारी अधिकारी
धेरैले मन पराएको गीत “पिपलु “
डेमोक्र्याटिक दलका सांसद र सिनेटरहरुले सर्वोच्च अदालतमा १३ जना न्यायाधिश हुने पर्ने बिधेयक प्रस्ताव गर्ने योजना
अमेरिकामा कोरोना संक्रमित ११ प्रतिसत र अस्पताल भर्नामा हुनेको संख्या ८ प्रतिसतको वृद्धि
भेटघाट, छलफल तथा अन्तरकृया कार्यक्रममा सहभागी भई दिनु हुन अनुरोध
प्रतिक्रिया