शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०५:५७
वासिङटन डिसी 19:12

झापामा पनि १३ वर्षीया बालिका बलात्कृत, बलात्कारी पक्राउ

इनेप्लिज २०७१ फागुन ३० गते ४:०१ मा प्रकाशित

balatkar-310x316सुरुङ्गा (झापा), ३० फागुन । बलात्कारपछि मृत्यु भएकी बाराकी सात वर्षीया बालिका पूजा साहका बलात्कारीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै आन्दोलन चर्किरहेका बेला झापामा पुनः अर्की एक बालिका बलात्कारको सिकार भएकी छन् ।

बिर्तामोड नगरपालिकास्थित नयाँ बसपार्कमा हिजो साँझ १३ वर्षीया बालिका बलात्कारको सिकार भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

सो ठाउँमा घर निर्माणको काम गर्दै आएका ४० वर्षीय सूर्यमान तामाङले बालिकालाई बलात्कार गरेको प्रहरीले बताएको छ ।

बालिकालाई चिया ल्याउन भन्दै तामाङले घरको छतमाथि लगेर बलात्कार गरेको पीडित बालिकालाई उद्धृत गर्दै इप्रकाका प्रहरी निरीक्षक नारायणप्रसाद गौतमले जानकारी दिनुभयो ।

बालिका करणीमा संलग्न तामाङलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ भने बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक गौतमले बताउनुभयो ।

प्रतिक्रिया