घाँटी काटेर सहचालकको हत्या
इनेप्लिज
२०७१ फागुन ३० गते ३:४५ मा प्रकाशित
बनियानी (झापा), ३० फागुन । झापाको बिर्तामोडमा शुक्रबार राति घाँटी काटेर एक सहचालकको हत्या भएको छ ।
बिर्तामोड नगरपालिका– ६ मा सुगम पेट्रोलपम्प अगाडि पार्किङ गरी राखिएको ना३ख ५६१५ नम्बरको ट्रकमा सहचालकको काम गर्ने फतेपुर उदयपुर घर भएका अन्दाजी २२ वर्षीय विक्रम बिष्टको ब्लेडले घाँटी काटिएको अवस्थामा शव भेटिएको थियो ।
काँकडभिट्टामा सामान पु¥याएर फर्किएको सो ट्रक खाना खानलाई सोही स्थानमा रोकिएको थियो । गाडीका गुरुजीले खाना खानलाई बोलाउन होटल साहुलाई पठाएका थिए, बोलाउँदा नआएपछि गुरुजी राति सुत्नलाई ट्रकभित्र पस्दा रगताम्य अवस्थामा विक्रमको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले धरानबाट अनुसन्धानका लागि कुकुर मगाएर प्रक्रिया अघि बढाएको छ । परीक्षणका लागि शव भद्रपुरस्थित मेची अञ्चल अस्पलाल पठाइएको छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया