चार हजार नयाँ मतदाता थपिए
रत्ननगर (चितवन), ३० फागुन । चितवनमा चार हजार नयाँ मतदाता थपिएका छन् ।
फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत जिल्ला निर्वाचन कार्यालय चितवनको टोलीले गाउँगाउँमा गएर मतदाता नामावली सङ्कलन गरेका हुन् ।
चितवनका नगरपालिका र विभिन्न गाविसमा गरी कुल ४५ स्थानमा पुगेर मतदाता नामावली सङ्कलन गरिएको र अहिलेसम्म चार हजार २६ जना नयाँ मतदाता थपिएका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।
यसअघि चितवनमा कुल जिल्लामा अहिले कुल दुई लाख ८१ हजार मतदाता रहेका थिए । जिल्लामा करिब छ लाख जनसङ्ख्या रहेको छ ।
गएको माघ २५ गतेबाट नामावली सङ्कलन सुरु गरिएको र आगामी चैत ९ गतेसम्म सङ्कलन काम हुने भएकाले टोली आएको स्थानमा गई नामावली दर्ता गर्न ढकालले स्थानीयलाई आग्रह गर्नुभएको छ ।
मतदाता नामावली सङ्कलनका लागि कार्यालयले रु १८ लाख बजेट छुट्याएको छ । जिल्लाका हजारौँ युवा विदेशमा भएकाले कतिपयको नामावली सङ्कलन हुन सकेको छैन । छुटेकालाई भने कार्यालयमै नामावली सङ्कलन गरिने कार्यालयले जनाएको छ ।
न्याकको आयोजना तथा केसी डान्स सेन्टरसंगको सहकार्यमा सामुदायिक स्वास्थ्य कार्यक्रम नेपाली जुम्बा प्रस्तुति हुने
न्याक महिला विभागको अन्तरक्रिया कार्यक्रममा आमन्त्रण
सदाबहार नायक दिलिप रायमाझी र अशिष्मा नकर्मी अभिनित रानीको ‘चल्यो मायाको बतास’ रिलिज ( भिडियो )
प्रबल गुरुगले बनाएको पोशाक कमला ह्यारिसले प्रार्थना सभामा लगाईन
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
प्रतिक्रिया