विद्युत् भार कटौतीले उद्योग धरासायी
पथरी (मोरङ), ३० फागुन । विद्युत् प्राधिकरणले कोसीपूर्वमा विद्युत् भार कटौती बढाएपछि उद्योग धरासायी बन्दै गएको उद्योगीले गुनासो गरेका छन् ।
प्राधिकरण भारसम्प्रेषण केन्द्रले सूचना प्रकाशन गरी विद्युत् भार कटौतीको समय अवधि दैनिक नौ घन्टा बढाएपछि उद्योग थप धरासायी बन्दै गएको मोरङ व्यापार सङ्घका अध्यक्ष तथा सभासद् पवनकुमार शारडाले बताउनुभयो ।
अहिलेसम्म करिडोर क्षेत्रमा सञ्चालित उद्योगले विद्युत् भार कटौतीको कारणले २० प्रतिशत उत्पादनमा कटौती हुँदै आएको थियो । उद्योगीसमेत रहनुभएका शारडाले कोसीपूर्वमा विद्युत् भार कटौती बढाएर आद्योगिक क्षेत्रलाई अन्याय गरेको आरोप लगाउनुभयो ।
करिडोर क्षेत्रका उद्योगी विद्युत् भार कटौतीमात्र नभई कम भोल्टेजका कारणले पनि उत्पादन कटौती गर्न बाध्य हुनुपरेको भन्दै उहाँले सरकारसँग विद्युत् भार कटौतीको निर्णय सच्याउन आग्रह गर्नुभयो ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
किशोर पन्थीको पुस्तक ‘अन्ट्रान्सलेटेबल’ अमेरिका सहित विश्वका १२ देशमा अमेजनमार्फत हार्डकभर र पेपरब्याकमा
एनआरएन एनसीसी अमेरिकाको ११ औं साधारणसभाको तयारी पुरा ,केही समय पछि उद्घाटन सुरु
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
प्रतिक्रिया