विद्यार्थीलाई खगेन्द्र–पद्म–रत्न छात्रवृत्ति प्रदान

इनेप्लिज २०७१ फागुन ३० गते २:३३ मा प्रकाशित

उर्लाबारी, ३० फागुन । झापाको दमक–१९ सानोबाह्रघरेस्थित सिंहदेवी उच्चमाध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शुक्रबार खगेन्द्र–पद्म–रत्न छात्रवृत्ति प्रदान गरिएको छ ।

उर्लाबारी जेसिजका अध्यक्ष विनोद न्यौपानेले आफ्ना बुबा–आमाको नाममा २०६७ सालमा रु पाँँच लाखको अक्षयकोष स्थापना गर्नुभएको थियो ।
उक्त अक्षयकोषबाट विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

न्यौपानेले कक्षा–११ मा विद्यालय प्रथम हुने मनिष खड्कालाई रु एक हजार ५००, प्रवेशिका परीक्षा र कक्षा–११ मा विद्यालय प्रथम हुने जिशिला धिमाललाई रु पाँच हजार ७००, कक्षा–१२ की पवित्रा भुजेललाई रु चार हजार २००, गीता कार्कीलाई रु चार हजार २००, कक्षा–११ की अनु चौम्लागाईं रु चार हजार २००, शिव भण्डारीलाई रु तीन हजार ६०० र आशिष खनाललाई रु तीन हजार ६०० प्रदान गर्नुभयो ।

प्रतिक्रिया